कोरोना बिरुद्धको अभियानमा गढी गाउपालीका बिशेष चनाखो , क्वारेन्टाईन स्थापना, संकास्पद बिरामीको घर घरमै परिक्षण ।

0
169
Ads

बिश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाईरस अर्थात कोबिट १९ बिरुद्धको अभियानमा मकवानपुरगढी गाउँपालीका सचेत भएर लागेको छ । मकवानपुरगढी गाउपालीका भित्र संकास्पद बिरामी भेटीए उपचारको लागि १० बेडको क्वारेन्टाईन स्थापना गरेको छ ।
गढी गाउपालीको वडा नम्बर ६ मा रहेको ईश्वरी प्राबि मा ५ बेड र वडा नम्बर २ शिखर कटेरीमा रहेको चण्डिका माध्यामिक बिद्यालयको भबनमा ५ बेडको क्वारेन्टाईन निर्माण भईरहेकोगढी गाउँपालीकाका अध्यक्ष बिदुर हुमागाईले जानकारी दिनु भएको छ ।क्वारेन्टाईन निर्माणमा आवश्यक पर्ने सामाग्री प्रदेश र स्थानीय सरकारको समन्वयमा ब्यबस्था गरीएको हो । कोरोना बिरुद्धको अभियानको लागि प्रदेश सरकारको १० लाख र गाउँपालीकाको ५ लाख छुटाईएको वडा नम्बर ६ का वडा अध्यक्ष टिका दहालले जानकारी दिनु भएको छ ।
गाउँपालीकाले कोरोना संक्रमण नहोस भनेर बिशेष साबधानी अपनाउदै संकास्पद बिरामी देखिए स्वास्थ्य कर्मीको टोलीले घर घर मै गएर चेक जाच गर्ने गरेको वडा अध्यक्ष दहालले जानकारी दिनु भयो ।
लकडाउनको समयमा समस्या भोगिरहेका दैनिक ज्याला मजदुरी गर्नेलाई खाध्यान्ह समेत सहयोग गर्दै आएको छ । कोरोना बिरुद्ध माक्स बितरण र टोल टोलमा साबुन पानीले हात धुने र सचेतनाका कार्यक्रम पनि गर्दै आएको गढी गाउँपालीकाका प्रबक्ता भागबत घिमिरेले जानकारी दिनु भयो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्