लकडाउनलाई थप कडाई गरियो

0
106
Ads

कोभिड १९ अर्थात् कोरोना भाइरसले विश्वलाई रुवाईरहेको बेला आजबाट मकवानपुरको हेटौंडा लगायत स्थानीय तहहरुमा लकडाउनलाई थप कडाइ गरिएको छ ।
हेटौंडाको विभिन्न चोक चोकमा थप सुरक्षाकर्मी परिचालन गर्दै अनावश्यक प्रयोग गरिएका सवारी साधन लगायत पैदल यात्रीहरुलाई समेत अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन अनुरोध गर्दै लकडाउनको पुर्णरुपले पालना गर्न सचेत गराइएको छ ।
होटेल , चियापसल लगायतका ठाउँमा मानिसहरूको जमघट हुने गरेकोले यो संक्रमणकाल अवधिभर होटेल चियापसल बन्दगरिदिन अनुरोध गरिएको हेटौंडा उपमहानगरपालिकाले जनाएको छ ।
साथै खाद्यान्न तरकारी लगायतका अत्यावश्यक सामाग्रीका पसलहरु समेत निश्चित अवधि खोलेर बन्द गर्न अनुरोध गरिएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्