नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखा लगायतका संस्थाद्वारा विपन्न मजदुरलाई खाद्यान्न सामाग्री वितरण

0
108
Ads

हेटौंडा , दैनिक ज्याला मजदुरि कार्य गरि आफ्नो जिविकोपार्जन गर्ने विपन्न परिवारहरुलाई नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखा, टोल बिकास संस्था वडा समन्वय समिती हेटौंडा ४ लगायतका विभिन्न सामाजिक संघसंस्थाहरुको समन्वयमा खाद्यान्न सामग्री (दाल,चामल,नुन,तेल) लगायत साबुन,मच्छड धुप सहयोग प्रदान गरिएको छ ।

लकडाउनका कारण दैनिक ज्यालादारी गरि दैनिकी चलाउने मजदुरहरुलाई बिहान बेलुकाको छाक टार्न समस्या परेकोले खाद्यान्न लगायतका सामाग्री वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी हेटौंडा ४ उपशाखाका सभापति शिवहरी दाहालले बताउनु भयो ।

वितरण गरिएको सामाग्री हेटौंडा ४ निवासी ब्यबसायी तथा समाजसेवी बब्लु पान्डे लागाएतका मनकारी ब्यक्तित्वहरुबाट उपलब्ध भएको सभापति दाहालले बताउनु भएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्