विद्यालय बन्द भएको बेला बालबालिकाहरुलाई शिक्षक रमेशप्रसाद लामिछानेका पठनपाठन अवरुद्ध नहुने टिप्स

0
241
Ads

हेटौंडा , कोभिड १९ अर्थात् कोरोना भाइरसले विश्व हल्लाई रहेको बेला नेपाल पनि त्यसबाट अछुतो रहन सकिरहेको छैन ।

संक्रमित देशबाट घर फर्किएका विद्यार्थी तथा वैदेशिक रोजगारीबाट फर्केका मानिसहरुलाई कोभिड १९ को उच्च जोखिमले गर्दा उनिहरु नेपालका विभिन्न क्वारेन्टाइन तथा आइसोलेशनमा छन् भने ६ जनामा भाइरसको संक्रमण पोजेटिभ देखिएको छ । जसमध्ये १ जना उपचार पछि घर फर्किसकेका छन् भने ५ जना देशका विभिन्न अस्पतालहरुमा उपचाररत छन् ।

संक्रमण नफैलियोस भनेर नेपाल सरकारले अहिले देशैभर लकडाउन गरिरहेको छ । यसका कारण सबैमा विविध समस्या भइरहेको त छ नै त्यसको प्रत्यक्ष असर भविस्यका कर्णधार विद्यार्थीहरुमा पनि परिरहेको छ । यसै सन्दर्भमा घरमै बसिरहेका बालबालिकाहरुको पठनपाठन अवरुद्ध हुन नदिई बालबालिकाको सिकाइलाई निरन्तरता दिन शिक्षक रमेेशप्रसाद लामिछानेले विभिन्न टिप्स दिनु भएको छ ।

प्रस्तुत छ उहाँले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत दिनु भएको टिप्स जस्ताको तस्तै :-

COVID-19 बाट उत्पन्त्न विषम परिस्थितिका कारण विद्यालयहरु बन्द रहेको अवस्थामा बालबालिकाहरुको पठनपाठन अवरुद्ध हुन नदिई बालबालिकाको सिकाइलाई निरन्त्तरता दिनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहत विभिन्त्न निकायबाट निर्मित वा अन्य स्रोतबाट उपलब्ध र Education Cluster द्वारा वालवालिकाको निमित्त उपयोगि ठानी सिफारिस गरिएका सामग्रीहरु देहाय अनुसारका वेबसाइटमा उपलब्ध रहेको सम्बन्धित सबैमा जानकारी गराइन्त्छ । उक्त सामग्रीहरुको समुचित उपयोग गरी अप्ठेरो परिस्थितिमा पनि बालबालिकाको सिकाईलाई सहजीकरण गर्ने काममा विशेष गरी अभिभावकहरुबाट र सम्बन्धित सबैबाट अग्रसरता प्रदर्सन गरीदिनुहुन शिक्षा तथा मानि स्रोत विकास केन्त्रका तर्फबाट सादर अनुरोध छ । सिकाइ सामग्री उपलब्ध हुने वेबसाइट (link) हरु

1. Virtual Class of All Compulsory Subjects (Class 9-10): https://www.youtube.com/ncedvirtual

2. Grades 6-8 English, Math, Science content: https://moest.himalayantechies.com

3. E-Paath – Digital Learning Activities : https://pustakalaya.org/epaath/

4 Children’s Stories and Games : https://egr.pustakalaya.org/

5 Children’s Books: https://pustakalaya.org/balpaathmala/

6. E-Pustakalaya – Free and Open Digital Library: https://pustakalaya.org/

7. https://moecdc.gov.np/

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्