मकवानपुरगढी – ६ डुम्रेकुनामा भएको आगलागीबाट करिब १८ लाखको क्षती – प्रहरी

0
506
Ads

मकवानपुरगढी , मकवानपुरगढी गाउँपालिका वडा नं ६ डुम्रेकुनामा आज दिउँसो करिब १ बजे तिर सरोज पाठकको घरगोठमा आगलागी हुँदा करिब १५ देखी १८ लाख बराबरको क्षती भएको ईलाका प्रहरी कार्यालय मकवानपुरगढीले जनाएको छ ।

आगलागीको सुचना पाउना साथ हामी घटना स्थल गएका थियौं तर प्रहरी कार्यालयबाट घटनास्थल केही टाढा भएका कारण हामी पुग्दा धेरै भाग जलिसकेको थियो ईलाका प्रहरी कार्यालय मकवानपुरगढीका प्रहरी नायव निरीक्षक कृष्ण बहादुर केसीले बताउनु भयो ।

कुनै मानवीय तथा पशु चौपायाको क्षती नभए पनि घरमा भएको लत्ताकपडा तथा अन्य धनमाल सहित जलेको र घर वरिपरि पर्याप्त पानी नभएको कारण आगो निभाउन नसकी घरगोठ पुर्ण नस्ट भएको स्थानीय अनिल खतिवडाले बताउनु भयो ।

मकवानपुरगढी वडा नं ५ तथा ६ का माथिल्लो भेगका अधिकांस वासिन्दा सुगमताका कारण तल्लो भेगमा बसोबासका लागी झरेका कारण पनि माथिल्लो भेगमा बस्ती पातलो हुँदै गएकोले आगो निभाउन जनशक्तिको समेत कमि भएको वडा नं ६ का वडा अध्यक्ष टीका प्रसाद दहालले वताउनु भयो । साथै आगलागी पीडित पाठक परिवारलाई वडाले सक्दो आवश्यक सहयोग गर्ने पनि वडाध्यक्ष दहालले बताउनु भएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्