हेटौंडा -४ श्रमिक मावी आईसोलेसनमा ८ जना

0
96
Ads

हेटौंडा । हेटौंडा -४ श्रमिक मावीको आईसोलेसनमा राखी ८ जनाको उपचार भइरहेको छ ।

आईसोलेसनमा रहेका ८ जना मध्ये ३ महिला र २ बालक रहेका छन । उनीहरू मध्ये दुई जना भर्खरै भारतबाट आएका बढि शंकास्पद र १ जनामा लक्षण समेत मिल्दाे रहेकाे आईसोलेसन ईन्चार्ज भोलाप्रसाद चौलागाईंले बताउनु भयो । कुल ८ जनामा २ बालक सहित एक महिला भने हेटाैडा मै बस्दै आएका भारतिय रहेका छन र ती तिनै जना भने काेभिड १९ संक्रमणकाे उच्च जााेखिममा नरहेको ईन्चार्ज चौलागाईंले बताउनु भएको छ ।

आईसोलेसनमा रहेका सबैको स्वाब परिक्षणको प्रयोगशालामा पठाइएको र उनीहरुको रिपोर्ट आउन बाँकी रहेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्