एसेरोला के हो यसरी गर्न सकिन्छ यस्को खेती

0
58
Ads

एसेरोलाको चल्तिको नाम वार्वाडोस चेरी(Barbados Cherry), वेष्ट इन्डियन चेरी वा सिरेजा(Cereza) हो भने वानस्पतिक नाम माल्पिजिएसि पुनिसिफोलिया(Malpighiacae punicifolia) हो । यस्को विरुवा अनार जस्तै हिउदमा पात झर्ने पतझड(Deciduos)प्रकृतिको १५ फिट सम्म अग्लो हन्छ । हिउदमा यस्को ९० प्रतिशत सम्म पात झर्दछ ।

समुन्द्र तटिय तथा नदि किनारको क्षेत्रमा काँडादार विरुवाहरु हुर्किएको स्थानमा यस्को रैथाने प्रजातिहरु(bushy, shrub) हुर्के वढेको र फैलिएको पाइन्छ । यो विरुवा रुख्खा सुख्खा स्थानमा हुर्कन वढ्न सक्दछ तर धेरै चिसो सहन सक्दैन र —१(माइनस एक) डिग्रि सेल्सियस भन्दा न्युन तापक्रम भएमा विरुवालाई नोक्सानी पुग्दछ । ऐतिहासिक लिखतको आधारमा यस्को उत्पत्ति युकाटनमा भएको र मेक्सिको हुदै दक्षिण टेक्सास तथा जापानसम्म फैलिएको भनिन्छ । यस्को खेती दक्षिण अमेरिकाको भेनेजुयला, सुरिनाम, कोलम्विया, ब्राजिल, दक्षिण पुर्वि एशिया (जापान, भियतनाम, थाइल्याण्ड, कोरिया), तथा भारतमा व्यवसायिक रुपमा गरेको पाइन्छ ।

जापानको ओकिनावा प्रायद्धिप(Okinawa prefecture)मा त्यहाका कृषकहरुले ग्रिन हाउस तथा प्लाष्टिक घरमा एसेरोलाको खेति व्यापक रुपमा गरेको पाईन्छ । साथै त्यस क्षेत्रका महिला उपभोक्ताहरुमा एसेरोला निकै पपुलर खासगरीकन सौन्दर्यवद्धक (fresh juice for face wash,  face wash juice for beautification) फलको रुपमा लिने गरेको देखिन्छ (यस्को भिटामिन सि युक्त रसले अनुहार धोएमा अनुहार सफा एवं कोमल(soft) हुने विश्वास रहेको) । एसेरोलाको पात गाँढा हरियो मसिनो झुस पलाएको हुन्छ । खुला हातले छुँदा कसै कसैलाई एलर्जि वा चिलाउने पनि हुन सक्छ । यस्को फूल सानो गुलावि तथा सेतो रंगको हुन्छ ।

फूलहरु वर्षभरी नै फुलि रहन्छ तर वर्षाले उत्पादन चक्रलाई प्रभाव पार्दछ । माटोको चिस्यान अथवा सिंचाईले पनि विरुवामा फुल्न प्रभाव पार्दछ । यस्को पोलिनेशनमा मौरीको ठुलो भुमिका रहन्छ । एसेरोलाको फल पहेलो सुन्तला रंगको, गोलो, ३ खण्डे एसो हेर्दा आरुवखडा(Plum) जस्तो पातलो वोक्रा भएको हुन्छ । फल भित्रको गुदि अमिलो गुलियो रसिलो स्वाद तथा वास्नादार हुन्छ ।

एसेरोलाको महत्व ः

यस्को फलको गुदिमा प्रशस्त मात्रामा भिटामिन सि(प्रति १०० ग्राममा १६७७ मिलिग्राम) पाइन्छ । यसको फलमा एन्टिअक्सिडेन्ट(विष प्रतिरोधि तत्व( antioxidant) हुने हुँदा फलको विशेष महत्व भएको मानिन्छ । यस्को फलवाट पेय जुस वनाउनुको साथै भिटममिन सि युक्त श्रोतको रुपमा लिइन्छ । यसवाट वेविफुड, आयुर्वेदिक हर्वल मेडिसिन तथा पौष्टिक तत्वयुक्त डिव्वावन्दि खाद्य सामग्री तथा जुसहरु बनाइन्छ । एसेरोलामा संतृप्त फयाट(saturate fat), कोलेष्ट्रोल तथा सोडियम न्युन मात्रामा हुन्छ भने खाद्ययुक्त रेसा, राइवोफ्लोविन(Rhiboflobin), फोलेट, म्याग्नेसियम, पोटासियम, कपर, तथा भिटामिन ए र सि को राम्रो श्रोत मानिन्छ । यस्को विरुवालाई मनचिन्ते साइजमा ढाल्न सकिने र सानो पातहरु हुने हुदा घर वगैचामा वोनसाई(Bonsai) वनाएर पनि राख्ने गरिन्छ ।

खेतीको लागि स्थान छनौट ः

यो विरुवा पतझड प्रकृतिको भएता पनि उष्ण प्रदेशिय क्षेत्र तथा सुख्खा स्थानमा हुर्कन वढ्न सक्दछ । यस्ले धेरै चिसो सहन सक्दैन र तापक्रम १.१ डिग्री सेल्सियस भन्दा कम भएमा विरुवाको कलिलो कोपिला तथा सानो विरुवालाई नोक्सानो पु¥याउछ । यस्को विरुवा धेरै गहिराईमा नजाने(shallow root system) भएको हुदा हावा हुरीवाट पनि तेत्तिकै संवेदनशिल हुन्छ । यस्कोे मुख्य विशेषता भनेको सुख्खा सहन सक्ने, रुखो जमिनमा हुर्कन बढ्न सक्ने र पतझड प्रवृति (deciduous habit) हो । यस्को फलको विकासको लागि पुर्ण सुर्यको प्रकास(full sunlight) आवश्यकता पर्दछ । प्रतिकुल मौसमवाट विरुवालाई जोगाउनु आवश्यक हुन्छ भने छाँयादार स्थानमा यस्को फल कम लाग्दछ । माटोमा उपयुक्त चिस्यान भएमा एसेरोलाको एक वर्ष पुरानो हाँगामा वषर््ाभरी नै फुल लाग्दछ । यस्को फलको विकासको लागि पुर्ण सूर्यको प्रकाशको आवश्यकता पर्दछ । ज्यादा चिसो तथा प्रतिकुल अवस्थामा पाल टागेर वा प्लाष्टिक टनेल निर्माण गरेर विरुवालई जोगाउनु पर्दछ । छाँयादार स्थानमा फल कम लाग्दछ । छोटो र सतहि जरा हुने हुदा (shallow and smaller  rooted system) यसलाई अन्य फलफूल वगैचामा घुसुवा वालीको (inter planted crop) रुपमा पनि लगाउन सकिन्छ ।

उपयुक्त माटो ः

उपयुक्त निकास तथा सिंचाइको प्रबन्ध गर्न सकिएमा यस्को खेति सवै प्रकारको माटो (marl, limestone, clay and heavy soils) मा गर्न सकिन्छ । यस्को लागि माटोको पि.एच.६.५—७.५ उपयुक्त हुन्छ । वढि अम्लिय खालको माटो यस्को खेतिको लागि उपयुक्त मानिदैन । माटोको पि.एच सन्तुलन बनाइ राख्न समय समयमा माटोको पि.एच को परिक्षण गरी ६.५ भन्दा न्युन भएमा कृषि चून प्रयोग गरी पि.एच.मानलाई सन्तुलन बनाई राख्नु पर्दछ ।

सिंचाई प्रवन्ध ः

यो प्रजातिको विरुवाले सुख्खा सहन सक्ने भएतापनि वार्षिक वर्षा १०००—२००० मि.मि.हुने स्थान यस्को खेतिको लागि उपयुक्त मानिन्छ । सिंचाइ तथा माटोमा उपयुक्त चिस्यानको मात्राले विरुवामा फूल खेल्न सहयोग पुग्दछ । साथै विरुवाको फूल खेल्ने चक्रलाई समेत प्रभाव पार्दछ । माटोमा उपयुक्त चिस्यान भएको अवस्थामा एसेरोलाको विरुवा वर्षको ३—४ पटक सम्म फुल्दछ र ३ वाली सम्म उत्पादन लिन सकिन्छ । । यस्को लागि स्प्रिंकलर वा ड््िरप(over head or drip system) सिंचाई गर्न उपयुक्त मानिन्छ ।

मलखाद्य ः

एसेरोला विरुवाको लागि सन्तुलित मलखाद्य उपलब्ध गराउनुको साथै माटोको प.िएच अवस्थालाई सन्तुलन वनाउन चून पनि प्रयौग गर्नु आवश्यक हुन्छ । मलखाद्य दिदा फौलियर स्प्रे गर्दा वढि प्रभावकारीकौ साथै आर्थिक रुपलै पनि लाभदायक हुन्छ । सुक्ष्म तत्वको कमि हुन नदिन समय समयमा सुक्ष्म खाद्य तत्व खासगरी वोरन(सुहाग) तथा आइरन(फलाम) दिनु आवश्यक हुन्छ ।

काँटछाँट ः

यो विरुवा पतझड प्रकृतिको भएको हँुदा हिउदको समयमा खासगरी पुस माघमा काँट छाँट गर्नु पर्दछ । पुरानौ तथा सुकैको हाँगा काटेर हटाउने र वोटको उचाई ५ फिट भन्दा अग्लौ हुन नदिन सोहि अनुसार टुप्पो काट्ने गर्नु पर्दछ । तुषारौ पर्नै स्थानमा लगाएकौ एसेरोला विरुवालाई तुषारौ वचाउन प्रवन्ध मिलाउनु पर्दछ । यसकौ लागि रातमा समयमा विरुवालाई कुनै वाक्लो कपडा त्रिपाल वा प्लाष्टिक जस्ता वस्तुले सर्लक्क ढाकैर राख्नाले पनि तुषारोवाट वचाउन सकिन्छ । यदि विरुवा कुनै ठुलो गमला वा कन्टयानरमा लगाएको अवस्थामा भने विरुवालाई सुरक्षित स्थानमा सारैर पनि ाचयकत वाट जोगाउन सकिन्छ ।

विरुवा प्रजनन ः

एसेरोला फलको वीउ, हाँगा कटिड. तथा ग्राफ्टिङ विधिद्धार विरुवा उत्पादन गर्न सकिन्छ । वीउको उमार शक्ति छिटै ह्रास हुने हुदा फलवाट वीउ निकाले पछि तुरुन्तै तयारी जमिनमा रोपि हाल्नु पर्दछ । यस्को विरुवा उत्पादनको लागि हाँगा कटिड. तरिका सवै भन्दा सरल विरुवा उत्पादनको तरिका हो । पेन्सिल साइजको हाँगाको २५–३० से.मि. लामो टुक्रालाई इन्डोल व्युटारिक एसिटिक एसिड (IBA) को ५०० पि.पि.एम.को झोलमा १० मिनेट डुवाएर सारेमा १०० प्रतिशत विरुवा प्राप्त गर्न सकिन्छ ।

रोग, किरा ः

एसेरोलाको विरुवा नेमाटोड(Root knot nematod – meloidogyne  spp) वाट वढि मात्रामा संवेदनशिल (highly succeptible) हुन्छ । यस्को आक्रमणवाट कलिलो विरुवा तथा पुरानो विरुवाहरु ग्रस्त हुन्छन् भने उत्पादनमा नकारात्मक अशर पर्न जान्छ । यस्को विरुवामा लाग्ने किरामा लाहि, सेतो झिँंगा तथा कत्ले किरा मुख्य हुन् । यस्को नियन्त्रणको लागि कुनै पनि दैहिक(systemic)विषादि प्रति लिटर पानीमा २ मि.लि. विषादि राखि प्रयोग गर्दा नियन्त्रण गर्न सकिन्छ । कुनै कुनै स्थानमा भने सर्कोसपोरा ढुसिको आक्रमणले पनि विरुवामा नोक्सानी पुराउन सक्दछ । यस्को नियन्त्रणको लागि वेभिष्टिन वा ब्लाईटक्स ५० प्रतिलिटर पानीमा २ ग्रामको दरले राखि प्रयोग गर्नु पर्दछ ।

एसेरोलाको प्रमुख जातहरु ः

वि–१७(B-17) ः यो प्रचलित जात हो र भिटामिन सि प्रशस्त पाईन्छ ।
डयार्फ(dwarf)० ः यौ हाचो हुने जात(२ फिट अग्लो) हो । टोकरी झण्डयाएर वा गमलामा पनि यस्को खति गर्न सकिन्छ । यौ अन्य जात भन्दा अलि वढि चिसोमा पनि खेति गर्न सकिन्छ ।

फ्लोरिडा स्विट(florida sweet) ः

यस्को फल केहि ठुलो साइजको, वाक्लो वोक्रा, गुदिमा धेरै रस भएको , स्याउको जस्तो वास्ना भएको हुन्छ । यस्को फलमा भिटामिन सि प्रति १०० ग्राममा १५००–२००० मिलिग्राम पाइन्छ । वोट सोझो खालको र वढि उत्पादन दिने जात हो ।

मोनोए स्विट(monoa sweet)ः

फल गुलावि रातो धेरै गुलियो स्वाद, विरुवा फैलिने खालको जात हो ।

वाली उत्पादन कार्य ः

फल वोटवाट टिपेपछि विग्रन सक्ने भएकोले वजारको राम्रो सुव्यवस्था हुन जरुरी हुन्छ । वोटवाट फलहरु टिपेको ३–४ दिन पछि फलमा फर्मेन्टेशन कृया सुरु भई फलहरु पुर्णरुपलै प्रयोगहिन हुन जान्छ । यस्को फललाई ताजा उपयोग तथा जाम जेली वनाएर राख्न सकिन्छ । एसेरोलाको जुस व्राजिलमा निकै लोकप्रिय पेय मानिन्छ । यस्को फलवाट भिटामिन सि युक्त वच्चाको खाद्यपदार्थ तथा आइस क्रिम आदि वनाइन्छ । उष्ण प्रदेशिय क्षेत्र (गर्मि हावापानी हुने क्षेत्र)मा ३ पटक सम्म उत्पादन (वाली) लिन सकिन्छ भने समशितोष्ण क्षेत्रमा एक वा २ वाली लिन सकिन्छ । आठ वर्षको वोटवाट प्रतिवोट १५–३० के.जी. सम्म फल उत्पादन हुन सक्दछ ।

वीउवाट तयार पारिएको विरुवा २–३ वर्षवाट फल्न सुरु गर्दछ भने कलमि विरुवा रोपेको वर्षमा नै फल्न थाल्दछ । वोटको उमेर करिव १५–२० वर्ष हुदा अधिक्तम उत्पादन दिन थाल्दछ । वोटको उमेर बढ्दै जाँदा भने उत्पादन विस्तारै घट्दै जान्छ । फ्लोरिडामा करिव ४० वर्ष सम्मको वोटले उत्पादन दिएको तथ्य फेला परेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्