Ads

काठमाडाैं – विश्वमा कोरोना भाइरस अर्थात् कोभिड-१९ बाट संक्रमित हुनेकाे संख्या २ कडाेड नाघेकाे छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार साेमबार बिहानसम्म काेराेना संक्रमितकाे संख्या २ कराेड २१ हजार २ सय ९३ पुगेकाे छ ।
काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या भने ७ लाख ३३ हजार ९ सय १८ पुगेकाे छ । कुल सङ्क्रमितमध्ये एक कराेड २८ लाख ९६ हजार ३ सय ७७ जना भने उपचारपछि घर फर्किएका छन् । सङ्क्रमित दर बढिरहेसँगै निकाे हुने दर पनि बढिरहेकाे छ ।
पछिल्लाे २४ घण्टामा मात्रै विश्वभर २ लाख १९ हजार ५ सय ९६ नयाँ संक्रमित भेटिएका छन् भने ४ हजार ७ सय ९७ जनाकाे मृत्यु भएकाे छ । त्यस्तै पछिल्लाे २४ घण्टामा १ लाख ७७ हजार उपचारपछि घर फर्किएका छन् ।
